जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकले नशारहित समाजलाई दियो पाँच लाख रुपैयाँ

हिमालयन बैंकले नशारहित समाजलाई दियो पाँच लाख रुपैयाँ

हिमालयन बैंक लिमिटेडले ललितपुरस्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रको हल निर्माणका लागि पाँच लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहकाबीच बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष  सोनाम शेर्पालाई हस्तानतरण गरेका हुन् ।

देशका कतिपय युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ कुलताका कारण उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा फस्ने समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन्  ।

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका