जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ६ बैंक बेहुलीको खोजीमा हिँडे

६ बैंक बेहुलीको खोजीमा हिँडे

नेपालका ठूला दुई वटा बैंक जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीच मर्जर भई नेपालकै ठूलो चुक्ता पुँजी र ग्राहक भएपछि साना वाणिज्य ६ वटा बैंक मर्जरमा जान आतुर देखिएको भेटिएको छ ।

सेञ्चुरी कर्मर्शियल बैंक, सीभिल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक र लक्ष्मी बैंकले मर्जरको साथी खोजी रहेको देखिन्छ । बल्लतल्ल ८ अर्ब चुक्ता पूँजी पु¥याएका यी ६ वटा बैंकले आफूहरु मर्जरमा जान तयार रहेको यसका लागि राम्री बेहुली खोजी दिन नेपाल राष्ट्र बैंकलाई आग्रह नै गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

यी ६ वटै बैंकका अध्यक्ष र सञ्चालकहरुबीच राष्ट्र बैंकमै २ पटक छलफल भएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । यी ६ वटा बैंकका आ–आफ्नै कारण छन् । मर्जरमा जाने सीभिल बैंक ठूलो प्रगति गर्न सकिरहेको छैन । सानो आकारको नाफा छ । अनुभवी र दक्ष सीइओ गोविन्द गुरुङले विगत ३ वर्ष देखि हाँकेको यस बैंकले केही प्रगतिका पाइला भने चालेकै देखिन्छ । अर्को सेञ्चुरी बैंकले पनि यति प्रगति गरेको छैन । तर, यस बैंकले पछिल्लो क्वाटरमा नाफामा छलाङ्ग मारेको छ । बैंकिङ्ग बुझेका र सक्षम बैंकर तुलसीराम गौतमले हाँकेको सेञ्चुरी बैंकले पछिल्लो समय सकारात्मक संकेत पक्कै दिएको छ । तर, यतिले मात्रै नपुग्ने निश्चित छ ।

एनसीसी बैंक सधैं एउटा न एउटा विवादमा फस्दै आएको बैंक भन्दा फरक पर्दैन । जीतबहादुर र लक्ष्मी बहादुर श्रेष्ठको दादागिरीबाट अझै बैंक मुक्त छैन । बल्लबल्ल ८ अर्ब चुक्ता पुँजी पु¥याएको यो बैंक नेपाल बंगलादेश बैंकसंग मर्जर भए अचम्म मान्नु पर्दैन । राष्ट्र बैंकले यी दुई वटा बैंकबीच मर्जर गराउन १ पटक दुबै बैंकका सञ्चालक र अध्यक्षहरुलाई छलफल समेत गराएको राष्ट्र बैंक स्रोतको दाबी छ ।
कुमारी बैंक अहिले बैंकिङ्ग नम्स बुझेका र बैकिङ्गमा दखल भएका सीइओ सुरेन्द्र भण्डारीले हाँकेको बैंक हो । पछिल्लो समय बैंकले सबै सूचकहरुमा छलाङ्ग मारेको देखिन्छ ।

बैंकमा सानो सञ्चालक समिति दक्ष तीन डिपुटी सीइओले भरिएको कुमारी बैंकलाई ग्लोबल, नविल, एनआईसी एशिया जस्ता प्राइभेट बैंकहरुसंग प्रतिपर्धा गर्न सजिलो भने छैन । यी बैंकको दाँजोमा पुग्न मर्जर कुमारी बैंकलाई जरुरी नै देखिन्छ । यसका लागि नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकसंग मर्जर जर्ग आग्रह गरेको र छलफल समेत भएको स्रोतको दाबी छ ।

सिटिजन्स बैंकलाई कम शाखा सञ्जाल मध्येको बैंक मानिन्छ । पूजी ८ अर्ब भएपनि नाफा यति राम्रो छैन । पूराना अनुभवी बैंकर राजन सिंह भण्डारीले नेतृत्व गरेको उक्त बैंकलाई उनीले नै उत्पादन गरेका युवा बैंकर गणेशराज पोखरेल सीइओ छन् भने पूर्व सीइओ भण्डारी अध्यक्ष छन् । सिटिजन्स बैंकलाई पनि ठूला १० बैंकहरुसंग प्रतिपर्धा गर्न यति सजिलो पक्कै छैन । सिटिजन्स बैंकलाई सीभिल बैंक लिन राष्ट्र बैंकले छलफल नै गराएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

अर्को बैंक लक्ष्मी बैंक लिमिटेडको एभरेष्ट बैंकसंगको मर्जर तुहिएको छ । युवा बैंकर अजय शाहले हाँकेको लक्ष्मी बैंकले केही शाखा विस्तार गरेपनि नाफामा ठूलो बैंकलाई भेट्न वा प्रतिस्पर्धा गर्न सजिलो छैन । राजेन्द्र खेतानको मेजर शेयर भएको यो बैंकले एभरेष्ट बैंकसंग मर्जर गर्ने भनिए पनि तुहिएको थियो ।

पछिल्लो समय लक्ष्मी बैंकलाई मर्जरमा लैजान राष्ट्र बैंकले राजेन्द्र खेतानलाई नै बोलाएर छलफल समेत गरेको खुलेको छ । राष्ट्र बैंकले अर्को खेतान समूहको ११ प्रतिशत शेयर भएको हिमालयन बैंकसंग मर्जर गर्न दबाब राजेन्द्र खेतानलाई दिएको छ । तर, उनी हिमालयन बैंकसंग मर्जर गर्न तयार छैनन् । त्यसकारण नयाँ बेहुली खोजी दिन राष्ट्र बैंकलाई आग्रह खेतानले गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।
नयाँ मेगा बैंकले गण्डकी विकास बैंक भित्र्याउँदै छ भने प्राइम बैंकले कैलास विकास बैंक भित्र्याउँदै छ । तपाईहरु ५÷६ वटा बैंकले पनि पार्टनरसीप खोज्नुहोस् । हामीले भनेका छौं । राष्ट्र बैंक उच्च स्रोतले दाबी ग¥यो ।

स्रोत भन्दछः– हामीले मर्जरमा जाने बैंकहरुलाई सीइओ सावहरुको कुलिङ्ग समयमा छुट लिएका छौं । अरु पनि सुविधा दिने भनेका पनि छौं । त्यसकारण इगो र घमण्ड नदेखाई मर्जरमा जान बैंकहरुलाई भनेका छौं ।

ग्लोबल आईएमई बैंक नेपालकै ठूलो बैंक बनेपछि ठूला बैंकहरुलाई पनि मर्जरको दबाब बढेको देखिन्छ । राष्ट्र बैंक उच्च स्रोत भन्दछ ः– ठूला बैंक हामीसंग मर्जरको हल्का कुरा मात्रै गर्दछन् । तर ६ वटा बैंकहरु भने राम्रो साथी पाए तत्कालै मर्जरमा जाने पक्षमा छन् । राष्ट्र बैंकले पनि आवश्यक पहल शुरु गरिदिएको छ । केही महिना भित्रै ६ बैंकको नतिजा वाहिर आउने देखिन्छ नि स्रोतले दाबी ग¥यो ।
जे भए पनि अब मर्जरको विकल्पनै छैन । ठूला बैंकसंग प्रतिपर्धा गर्न पनि मर्जर अनिवार्य देखिन्छ । सचेत भया ।राजतिलक साप्ताहिक

10785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका