जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई बैना दोहोरी साँझमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई बैना दोहोरी साँझमा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र पोखराको न्युरोडस्थित बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साँझका तर्फबाट निर्देशक गोविन्दबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बैना दोहोरी साँझद्वारा सञ्चालित फुड, वेभरेज र दोहोरी सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौताअन्तर्गत बैना दोहोरी साँझमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेमा बैंक विश्वस्त छ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका