जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एनएमबि बैंकको नाफा ९० करोड ४१ लाख, प्रतिशेयर आम्दानी कति ?

एनएमबि बैंकको नाफा ९० करोड ४१ लाख, प्रतिशेयर आम्दानी कति ?

एनएमबि बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड ४१ लाख नाफा कमाएको छ ।

सोमवार सार्वजनिक  वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा १३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४ करोड नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आर्जन गरेको कुल नाफासहित बैंकको वितरणयोग्य नाफा २ अर्ब २३ करोड रहेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २२.७५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९.६९ रुपैयाँमा झरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ खर्ब ८० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका