जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थमन्त्रीलाई बीमा प्राधिकरणका कर्मचारीको पत्र

अर्थमन्त्रीलाई बीमा प्राधिकरणका कर्मचारीको पत्र

नेपाल बीमा प्राधिकरणका कर्मचारीले नेतृत्वमा अस्थिरताका कारण आफूहरुको मनोबल खस्किएको भन्दै यथाशक्य चाँडो निकास दिन अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएका छन्।

प्राधिकरणका दुई वटा कर्मचारी युनियनले बिहीबार अर्थमन्त्री खनाललाई पत्र लेखेर एक वर्षको बीचमा ४/५ पटक अध्यक्ष फेरिंदा समग्र बीमा क्षेत्रकै मनोबल खस्किएको भन्दै हालको परिस्थितिमा सहजीकरण गर्न आग्रह गरेका छन्।

प्राधिकरणमा ९ महिनाको बीचमा चारजनाले अध्यक्षको रुपमा काम गरिसकेका छन्। सरकारले बर्खास्त गरेका शरद ओझा बलजफ्ती प्राधिकरणमा हाजिर भएपछि कर्मचारीले अर्थमन्त्रीलाई गुहारेका हुन्।

फर्जी अनुभवको कागजात बनाएर बिचौलिया समूहको चाहनामा गत फागुन दोस्रो साता नियुक्ति पाएका ओझालाई सरकारले न्यायिक समितिको सिफारिसका आधारमा भदौ २ गते बर्खास्त गरेको थियो। तर, उनी सर्वोच्चले आफ्नो पक्षमा आदेश दिएको भन्दै तालुकवाला अर्थ मन्त्रालयलाई कुनै जानकारी नै नदिइ प्राधिकरणमा हाजिर भएका थिए। अर्थ मन्त्रालयले ओझालाई अध्यक्षको रुपमा काम गर्न नदिन बिहीबार प्राधिकरणमा पत्र पठाइसकेको छ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका