जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


समाचार

कसैलाई पनि सहुलियत नदिनू

डीआईजी पोखरेल

कसैलाई पनि सहुलियत नदिनू

सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको बिहीबार निरीक्षण गर्दै पोखरेलले कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् ।

सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएको समेत स्मरण गराउँदै पोखरेलले भने, ‘ट्राफिक प्रहरीको बोली, बचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । त्यसैले आफूलाई प्रहरीले संगठनको ऐनाका रूपमा प्रस्तुत गर्नुस् ।’

धुलो–धुँवा, घाम–पानी नभनी हरपल काममा खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने बताउँदै पोखरेलले आर्थिक पक्षमा शून्य शहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए ।

राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको सदैव साथ रहने समेत उनले बताए । ‘गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी काम गर्नु’, उनले भने ।

10635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?