जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको खुद नाफा ७७ करोड २९ लाख, वितरण योग्य कति ?

प्रभु बैंकको खुद नाफा ७७ करोड २९ लाख, वितरण योग्य कति ?

प्रभु बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ५७ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाएको हो ।

बैंकले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड कर्जा प्रवाह गरेको बैंकले प्रथम त्रैमासमा ३० करोड ९३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

यो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको आधारदर (बेस रेट) १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।

2045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका