जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले एजेन्ट मिट कार्यक्रम गरेको छ । कम्पनीले गत बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक/एक दिने एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मीट कार्यक्रम सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका