जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराईज बैंकको सीइओ पौड्यालले दिए राजीनामा

सनराईज बैंकको सीइओ पौड्यालले दिए राजीनामा

भनिन्छ पाप धुरीबाट कराउने छ यस्तौ भएको छ सनराईज बैंकमा भन्दा अब चाहि फरक पर्दैन । करिब १ वर्ष अगाडी आफै साथी निरज श्रेष्ठलाई विवादमा पार्दै सनराईज बैंक लिमिटेडको सीइओ बन्न सफल भएका बैंकर जनक शर्मा पौड्याल फेरि विवादमा फसेका छन्, कहिले राती ११ः३० बजे गर्भनरलाई बधाई दिन लकडाउन उल्लघन गर्दै पुग्ने त कहिले बैंकका विवादास्पद दुई सञ्चालक शैलेन्द्र गुरागाई र मालचन्द्र दुगडको हात समातेर आफै साथी बैंकर निरज श्रेष्ठलाई विवादमा फसाएर केही पत्रकारलाई समाचार लेखाएर सनराईज बैंकको महंगो सीइओको जागिर पक्का गरेका ग्लोबल आईएमई बैंकबाट निकालिएका तत्कालीन सीइओ जनक शर्मा पौड्याल फेरि विवादमा तानिएका छन् ।

पछिल्लो समय सनराईज बैंकका सञ्चालक सबैं एकातिर सीइओ पौड्याल र अध्यक्ष मोतीलाल दुगड एकातिर भएपछि बैंक भित्र भाँडभैलो नै मच्चिएको बैंक उच्च स्रोतको दाबी छ । केही दिन अगाडी बसेको सञ्चालक समितिको बैंठकमा संचालक शैलेन्द्र गुरागाई मालचन्द्र दुगड लगायत ६ जनाले सीइओ जनक शर्मा पौडेललाई नहटाएर अध्यक्ष मोतीलाल दुगडलाई नै बहुमतबाट हटाउने चर्को दबाब सृजना गरेपछि बैंकका सीइओ जनक शर्मा पौड्यालले गत मगंलबार नै सीइओ पदबाट राजीनामा दिएको बैंक उच्च स्रोतको दाबी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा एवं सनराइज बैंकका आईटी प्रमुख तिलक खतिवडा मार्फत अर्थमन्त्री डा. खतिवडाको दबाबमा जनकशर्मा पौड्याललाई सनराईज बैंकले जबरजस्ती सीइओ बनाएको समाचार त्यस बेला नै आर्थिक बजार न्यूज डटकमले प्रकाशन गरेका थियो ।

बैंक उच्च स्रोत भन्दछः– जब जनक शर्मा पौड्याल बैकको सीइओ बने उनीले सञ्चालक समितिको असहमतीमै उच्च कर्मचारीलाई अन्य बैंकबाट १ पद बढुवा गरि बैंक भित्र्याएको बैंकका पूराना कर्मचारहिरुको अधिकार कटौती गरेको र बैंकको बारे आफ्नै सम्पत्ती जस्तै गरि ठूलो धनराशी खर्च गरि आफ्नो फोटो राखी विभिन्न सञ्चार माध्याममा बोलेको जस्ता कुरा सञ्चालक समितिले उठाएपछि बाध्यभएर जनक शर्मा पौड्यालले राजीनाम दिएको खुलेको छ ।

सनराईज बैंकको सीइओ पौड्याल भएपछि ग्लोबल आईएमई बैंक र तत्कालीन जनता बैंकबाट १÷२ तह बढुवा गरि दर्जनौ कर्मचारी भित्र्याएको र बैंकमा १० औ वर्ष देखि काम गर्नेहरुलाई जिम्मेवारीबाट हटाइएको एक सञ्चालकले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूजडटकमसंग बताए ।

ति सञ्चालकले भने बैंकका अध्यक्ष मोतीलाल दुगडले यदि सीइओ पौड्यालको राजीनामा स्वीकृती गरेनन् भने हामी बहुमतले अध्यक्ष नै हटाउने पक्षमा छौं । ति सञ्चालकको शब्द सापटी लिने हो भने सीइओ जनक शर्मा पौड्यालको महंगो जागिर फेरि पनि चट हुने प्रायः निश्चत देखिन्छ ।

पौडेल एकवर्ष अगाडि सनराइज बैंकको सीइओमा नियुक्त भएका छन् । पौडेल त्यस अगाडि ग्लोबल आइएमई बैंकमा सीइओ थिए । पौडेलले ग्लोबल आइएमई बैंकमा मात्र ६ महिना काम गरेपछि हटाइएका बैंकर हुन् ।

सनराइज बैंकमा भने उनको नियुक्ति विवादकाबीच नै भएको थियो । संचालक समितिले बैंकर निरज श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेपनि केही दिन पछि श्रेष्ठको नियुक्तिलाई जनकशर्मा पौड्याललै केही पत्रकार मार्फत विवादित बताए । त्यसपछि जनक शर्मा पौडेल सीइओ नियुक्त भएका थिए ।

पछिल्लो समय सनराइजको संचालक समिति र सीइओ पौड्याल बीच विवाद रहेको थियो । सनराइज बैंक सम्बन्ध स्रोतका अनुसार अहिलेका अध्यक्ष मोतिलाल दुगडले समेत अध्यक्ष पद छाड्न दबाब बढेको छ, कारण हो सीइओ जनक शर्मा पौड्याल ।

सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतिलाल दुगड र संचालक समितिबीच फेरि सीइओका गतिविधी लिएर विवाद बढेको देखिन्छ । संचालक समितिले आइतबारसम्ममा सीइओको राजीनामा स्वीकृत नगरिदिए अध्यक्ष र सीइओ दुवै हटाउने चेतावनी बहुमत संचालक समितिले दिएको ती सञ्चालकले दाबी गरे ।

संचालक समितिमा सीइओको पक्षमा अध्यक्ष मोतिलाल दुगड मात्र थिए । संचालकबीच विवाद भएपछि सीइओ पौड्याल सनराइजबाट बाहिरिने निर्णयमा पुगेको प्रस्ट देखिन्छ ।

राष्ट्र बैंकमा सनराइज बैंकको बिबाद अनौपचारिक रुपमा प्रवेश गरिसकेको देखिन्छ । निक्षेपकर्ताको हितमा समस्या पर्ने वा संस्थाको साखमा धक्का पुग्ने अवस्था भएपछि मात्र सञ्चालक समितिलाई बोलाएर छलफल गर्ने पक्षमा राष्ट्र बैंक छ भन्दा अब फरक नपर्ला । सधै विवाद गर्दै आएको बोर्डनै राष्ट्र बैंकले विघटन गर्न पनि सक्ने देखिन्छ सचेत भया ।

9880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका