जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालयन बैंकद्धारा शिक्षण अस्पताललाई सहयोग

हिमालयन बैंकद्धारा शिक्षण अस्पताललाई सहयोग

हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले चार लाख त्रिपन्न हजार आठ सय चालिस रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर अस्पताललाई दिएको हो ।

उक्त बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको हो । बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको हो

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका