जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक तुम्लिङटारमा एक्सटेन्सन काउन्टर

राष्ट्रिय वाणिज्य बैंक तुम्लिङटारमा एक्सटेन्सन काउन्टर

सङ्खुवासाभामा राष्ट्रिय वाणिज्य बैंकले खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ ।

साउन २२ देखि यो सेवा शुरु गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका तथा तुम्लिङटारका स्थानीयवासीले यहाँबाट सेवा लिने रायमाझीले बताउनुभयो ।

वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने गुनासो स्थानीयवासीले गरेपछि एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरिएको हो । यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायत सेवा उपलब्ध हुनेछ ।

7935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका