जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • अर्थ सचिव कृष्णहरि पुष्करले सम्हाले कार्यभार, पुँजीबजारको समस्या समाधान गर्ने प्रतिवद्दता

अर्थ सचिव कृष्णहरि पुष्करले सम्हाले कार्यभार, पुँजीबजारको समस्या समाधान गर्ने प्रतिवद्दता

अर्थ मन्त्रालयका नव नियुक्त सचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन्। उनलाई राजस्व सचिव डा. राम प्रसाद घिमिरे लगायत मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै अर्थ सचिव कृष्णहरि पुष्करले पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्दता जनाएका छन् । उनले कार्यभार सम्हालेपछि सम्क्षिप्त मन्तब्य राख्दै अर्थतन्त्रका चुनौतीलाई लडेर भिडेर समाधान गर्ने, सबै क्षेत्रसँग सहकार्य गर्दै बजेट कार्यान्वयनमा लागि पर्ने र क्यापिटल मार्केटका समस्या व्यवस्थापन गर्ने प्रतिवद्दता जनाएका हुन्।

अर्थ सचिव नेपाल राज्स्त्र बैंकको पदेन संचालक समेत रहने व्यवस्था छ ।

उनी यस अघि पनि अर्थ मन्त्रालयको सचिव भईसकेका छन् । उनी २०७९ साउनमा अर्थ सचिव बनेका थिए । बजेट विवादमा अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा कृष्णहरि पुष्करलाई अर्थसचिव बनेका थिए। तर २०७९ पुसमा सरुवा भएका थिए। त्यसपछि तोयम राया अर्थ सचिव बनेका थिए । ४ महिनापछि अर्थात् २०८० वैशाखमा रायाको पनि सरुवा भएको थियो। रायापछि २०८० बैशाखमा अर्जनु पोखरेल सचिव नियुक्त भएका थिए। उनी पनि ४ महिना मै सरुवा भएर उनको स्थानमा कृष्णहरि पुस्कर आएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?