जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १८ गते

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १८ गते

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३४औं वार्षिक साधारण सभा मंसिर १८ गतेका लागि बोलाएको छ । कात्तिक १६ गते बसेको संचालक समितिको बैंठकले सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०.३० बजे आव्हान गरकेो हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथैं, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।

साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने हुदाँ मंसिर ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका