जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन्।

छुटसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवामा छुट पाउनेछन्।

सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ।

यसबाट बंैकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्