जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ऋण रोकिएका बेला महालक्ष्मी विकास बैंकले ल्यायो स्किम

ऋण रोकिएका बेला महालक्ष्मी विकास बैंकले ल्यायो स्किम

महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको छ।
‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ नारासहित बैंकले धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ।

घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ।

‘सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरुलाई थप उर्जा’ नारा राखेर बैंकले व्यवसायिक कर्जा योजना ल्याएको छ।

ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदरतथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका