जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नगदरहित अर्थतन्त्र आजको आवश्यकताः गभर्नर अधिकारी

नगदरहित अर्थतन्त्र आजको आवश्यकताः गभर्नर अधिकारी

सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।  नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको बैंकले  जनाएकाृ छ ।

जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो वाह्रांै वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछि नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।

सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५०,००० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडीएका बालबालिकाहरुलाई प्राथमिक तह देखी उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ ।

 बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परीयोजना’का लागि ५०,००० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरेकोछ । बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि ९५,००० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरेकोछ ।

बैंकले कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ । ९५.२३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि करिव ८७.४० अर्ब रुपैयाँ ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष÷१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ ।

बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका