जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा १ अर्ब ७४ करोडको प्रतिबन्धित एलसी दिएको खुलासाः विशाल समूह, ज्योति समूह, शारदा समूह हाबी ?

नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा १ अर्ब ७४ करोडको प्रतिबन्धित एलसी दिएको खुलासाः विशाल समूह, ज्योति समूह, शारदा समूह हाबी ?

नेपालको कानून दैवले जानुन भन्ने उखान नेपालका बैंक र वित्तिय संस्थामा मात्रै होइन नियमनकारी निकाय नेपाल राष्ट्र बैंक भित्र पनि लागु भएको छ भन्दा अचम्म मान्नु पर्दैन । नेपाल सरकारकै निर्देशनमा नेपाल राष्ट्र बैंकले एलसी खोल्न बन्द गर्ने निर्णय नै ग¥यो । बैंक र वित्तिय संस्थाहरुलाई परिपत्र नै गरियो तर रातारात नेपालकै ठूलो र पूरानो बैंक नबिल बैंक र विदेशी लगानीमा स्थापना भएको अर्को बैंक स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट १ अर्ब ७४ करोडको एलसी खोलीएको खुलेको छ भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस्, छानवीन तत्कालै होस् ।

नेपाल राष्ट्र बैंक, बैंकका सीइओ र केही व्यापारी घरानाहरुको सेटिङ्गमा रातारात करोडौंको एलसी खोलिएको भेटिएको छ । यो ठगी नभए के हो ? यसमा ठूलो आर्थिक चलखेल भएको छैन भन्ने आधार के छ ? यो खोजीको विषय हामीले बनाएका छौं । विशाल समूहलाई प्रतिबन्धित एलसी चैत्र २३ र २५ गते स्टाडण्र्ड चाटण्र्ड बैंक नेपाल मार्फत खोलिएको देखिन्छ । जवकी राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओहरुलाई चैत्र २१ गते बोलाएर नै एलसी नखोल्न मौखिक निर्देशन नै दिएको थियो । अर्थमन्त्रीज्यू हेक्का होस् । छानवीन गर्न निर्देशन होस् ।

यता ज्योति समूहलाई चैत्त २३ गते अनिल शाह सीइओ भएको नबिल बैंक लिमिटेडले ४० करोड भन्दा बढिको एलसी दिएको भेटिएको छ । के नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई राष्ट्र बैंकको निर्देशन लागु हुँदैन गर्भनर साब ? यति मात्रै होइन लगातार नबिल बैंकले अर्को व्यापारिक घराना शारदा समूहलाई पनि चैत्त २४ गते ५ करोड ८२लाख भन्दा बढिको प्रतिबन्धीत एलसी दिएको देखिन्छ । भने ललितपुर वाइन कम्पनीलाई समेत नबिल बैंकल १ करोड ८३ लाख भन्दा बढिको एलसी दिएको भेटिएको छ भन्दा अब फरक पर्दैन । गर्भनर साब !
एलसी बन्द गर्न अर्थमन्त्री जनार्दन शर्माले चैत्त १९ गते नै राष्ट्र बैंकलाई निर्देशन दिएकै दिन गोप्य सूचना ठूला घरघरानाका व्यापारीहरुलाई चुहावट भएपछि एक पछि अर्को गर्दै नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट ज्योती समूह, शारदा समूह, विशाल समूहले रातारात अर्बौको एलसी सुविधा लिएको भेटिएको छ अर्थमन्त्रीज्यू हेक्का होस् ।

भनिन्छ २१ चैत २०७८ मा २७ वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर नेपाल राष्ट्र बैंकले निर्देशन दियो, अब बिलासी वस्तु आयातका लागि प्रतीतपत्र (आयातको बैंक ग्यारेन्टी–एलसी)नखोल्नू । राष्ट्र बैंकको निर्देशन लिखित थिएन । यहि मौका छोपी केही घरानाहरुले रातारात करोडौंको एलसी सुविधा लिएको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् । राष्ट्र बैंकले राखिदिएको कानुनी छिद्रबाट पसेर सीमित व्यापारिक घरानाहरुले एलसी रोक्ने निर्देशनपछि पनि महिनौंका लागि मौज्दात पुग्ने गरी आयात गर्न एलसी खोलेको भेटिएको छ अर्थमन्त्रीज्यू हेक्का होस् ।

एलसी रोक्ने निर्णय भएपछि पनि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र केही व्यापारिक घारानाको सेटिङमा आयातको लागि एलसी खोल्ने क्रम झन् बढेको देखिन्छ गर्भनर साब ! राष्ट्र बैंकको निर्देशनपछि प्रतिबन्धित वस्तुमा एक अर्ब ७४ करोड ७६ लाख ९५ हजार ५९६ रुपैयाँ बराबरको एलसी खोलेको भटिएको छ । अधिकांश एलसी नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट खुलेको छ भन्दा अब फरक पर्दैन ।

विशाल समूह
२३ र २५ चैतमा व्यवसायी अनुज अग्रवालको विशाल ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्सले स्टान्डर्ड चाटर्ड बैंकमार्फत चकलेट, क्रिम, जिलेटका उत्पादन र लुगा धुने डिटरजेन्ट पाउडरका लागि एलसी खरिद गरेको देखिन्छ । एलसी प्रतिबन्धपछि पनि युनाइटेड ट्रेडर्सले ७८ करोड २९ लाख रुपैयाँको एलसी खोलेको देखिन्छ ।

एलसी बन्द हुनुअघि र पछि गरेर नबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट ९ वटा एलसीमार्फत एक अर्ब १ करोड ५ लाख ९ हजार ५६७ रुपैयाँको एलसी जारी भएको भेटिएको छ । प्रतिबन्धपछि मात्रै विशाल समूहलाई ७८ करोड २९ लाख १० हजार ५५७ रुपैयाँ बराबरको बिलासी वस्तु आयातको अनुमति यी बैंकले दिएका छन् भन्दा अब फरक पर्दैन । गर्भनर साब ! राष्ट्र बैंकले एलसी रोक्न दिएको निर्देशनपछि विशाल समूहले स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको तीन वटा एलसीमार्फत चकलेट आयातको अनुमति पाएको छ । चैत २५ गते एलसी नम्बर ‘४७७०१०२४०८१५– एल’ मार्फत ४ लाख १८ हजार ६८६ अमेरिकी डलरको एलसी खोलेको भेटिएको छ ।

बिलासिताका वस्तुको आयातमा एलसी रोक्ने निर्णयको चार दिनपछि (२५ चैतमा) विशाल समूहले जिलेटका उत्पादनहरु आयातका लागि ठूलो रकमको एलसी खोलेको छ । यस्तो आयातका लागि जारी भएका कूल ४ वटा एलसीमध्ये तीन वटा स्ट्याण्डर्ड चार्टर्ड बैंकका छन् भने एउटा नबिल बैंकको छ । जिलेटका लागि कुल ४८ लाख १० हजार ४२३.४० अमेरिकी डलर अर्थात् ६० करोड १३ लाख ३० हजार ४४९.५६ रुपैयाँ नेपाली बराबरको एलसी खुलेको छ ।

एलसी नम्बर ‘४७७०१०२४०८२४–एल’ मार्फत अर्को २ लाख ४६ हजार ३६१ दशमलब ४० सेन्ट अमेरिकी डलरको चकलेटको आयात खुलेको छ भने एलसी नम्बर ‘४७७०१०२४०८२३३–एल’ मार्फत १ लाख ३८ हजार ६६७ अमेरिकी डलरको एलसी खुलेको भेटिएको छ । एलसी बन्द गर्ने निर्णयपछि विशाल समूहले ८ लाख ३ हजार ७१५.६० अमेरिकी डलर अर्थात् ९ करोड ८४ लाख २३ हजार १२ रुपैयाँ ३७ पैसा नेपाली रुपैयाँको चकलेट आयातका लागि एलसी खोलेको भेटिएको छ । बिलासिताका वस्तुको आयातमा एलसी रोक्ने निर्णयको चार दिनपछि (२५ चैतमा) विशाल समूहले जिलेटका उत्पादनहरु आयातका लागि ठूलो रकमको एलसी खोलेको छ । यस्तो आयातका लागि जारी भएका कूल ४ वटा एलसीमध्ये तीन वटा स्ट्याण्डर्ड चार्टर्ड बैंकका छन् भने एउटा नबिल बैंकको छ । जिलेटका लागि कुल ४८ लाख १० हजार ४२३.४० अमेरिकी डलर अर्थात् ६० करोड १३ लाख ३० हजार ४४९.५६ रुपैयाँ नेपाली बराबरको एलसी खुलेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको एलसी नम्बर ‘४७७०१०२४१२८०–एल’ मार्फत १२ लाख ५९ हजार ६ डलर, एलसी नम्बर ‘४७७०१०२४१२९९–एल’ मार्फत १२३ लाख ५९ हजार ६ डलरकै र एलसी नम्बर ‘४७७०१०२४१३०६–एल’ मार्फत १२ लाख ८८ हजार ५८७ डलरकै अर्को एलसी खुलेको छ । यस्तै नबिल बैंकको एलसी नम्बर २२ डिसी ०१ युएसडी २५४३९ मार्फत ११ लाख ३ हजार २४.४० अमेरिकी डलरको एलसी खुलेको देखिन्छ । निर्देशनपछि नै स्किन केयरका नाममा पनि विशाल समूहले एलसी खोलेको छ । एलसी नम्बर ‘४७७०१०२४०९०४–एल’ मार्फत स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ९९ हजार ५३९.१८ अमेरिकी डलर अर्थात् एक करोड २१ लाख ८९ हजार ५६७ रुपैयाँ ९८ पैसा रुपैयाँको सौन्दर्य क्रिमका लागि एलसी जारी भएको भेटिएको छ ।

नबिल बैंकमार्फत होण्डाको २ पांग्रे ४ हजार ५६० गोटा मोटरसाइकल आयातका लागि यो समूहले नबिल बैंकमार्फत एलसी जारी गराएको छ । नबिल बैंकको एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२३९’ मार्फत ४ करोड ६३ लाख ३७ हजार ३२० रुपैयाँ भारुको ८४० वटा, एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२४१’मार्फत ३ करोड ५१ लाख ८९ हजार ७६० रुपैयाँ भारुको ६४० थान र एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५२३७’ मार्फत १६ करोड ९७ लाख ३७ हजार ७२० रुपैयाँ भारुको ३ हजार ८० थान मोटरसाइकलका लागि एलसी खोली दिएको भेटिएको छ ।

नेपालकै पूरानो बैंक नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५०८३’ मार्फत ७ करोड ४५ लाख ७२ हजार ११६ रुपैयाँ ८ पैसा बराबरको लुगा धुने डिटर्जेन्ट पाउडर पनि आयातका लागि एलसी खुलेको छ । यो एलसी भारतीय रुपैयाँ ४ करोड ६६ लाख ७ हजार ५७३ दशमलव ५० पैसा भारुमा एलसी खुलेको भेटिएको छ । विशाल समूह, नबिल बैंक र केन्द्रीय बैंकको भूमिका एलसी बन्दपछि मात्रै होइन, एलसी बन्दको केही दिनअघिदेखि पनि शंकास्पद देखिन्छ । चैत ७ गते विशाल समूहको यूनाइटेड डिष्टिब्युटर्सले जिलेट र रोजर, हेयर एण्ड स्किन केयर, जिलेट र हेयर केयर र चकलेट गरी पाँच वटा एलसी मार्फत १४ लाख ५ हजार ३५२.४० सेन्ट अमेरिकी डलर अर्थात् २२ करोड ७५ लाख ९८ हजार ९ सय रुपैयाँ ८० पैसाको एलसी दिएको छ । गर्भनर साब हेक्का होस् ।

ज्योती समूह
ज्योती समूह अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले पनि आयात प्रतिबन्धपछि अर्थात् चैत २३ गते नबिल बैंकमार्फत् ४० करोड २० लाख २३ हजार ६८० रुपैयाँको एलसी खोलेको देखिन्छ । स्याकार नेपालका लागि होन्डा बाइक र गाडीको आधिकारिक बिक्रेता हो । भन्दा फरक पर्दैन ।
नबिल बैंकमार्फत होण्डाको २ पांग्रे ४ हजार ५६० गोटा मोटरसाइकल आयातका लागि यो समूहले नबिल बैंकमार्फत एलसी जारी गराएको छ । नबिल बैंकको एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२३९’ मार्फत ४ करोड ६३ लाख ३७ हजार ३२० रुपैयाँ भारुको ८४० वटा, एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२४१’मार्फत ३ करोड ५१ लाख ८९ हजार ७६० रुपैयाँ भारुको ६४० थान र एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५२३७’ मार्फत १६ करोड ९७ लाख ३७ हजार ७२० रुपैयाँ भारुको ३ हजार ८० थान मोटरसाइकलका लागि एलसी खोली दिएको भेटिएको छ । नबिल बैंकबाट जारी तीन वटा एलसीमध्ये ८४० थान मोटरसाइकलको एलसी राष्ट्र बैंकले निर्देशन दिएको दिनमै जारी जारी भएको थियो भने बाँकी दुई वटा एलसी केन्द्रीय बैंकले रोक लगाएपछि खोलिएको देखिन्छ । गर्भनर साब छानवीन होस् ।

शारदा समूह
यसैगरी एलसी खोल्न प्रतिबन्ध लगाएपछि शारदा ग्रुप अन्तर्गतको एसपीजी ट्रेडिङले ५ करोड ८२ लाख ६९ हजार ५५२ रुपैयाँ ५५ पैसाको एलसी खोलेको छ । यो एलसी पनि नबिल बैंकबाट नै खोलिएको छ । एसपीजीले सिवास रिगल र एब्सुलुट भोड्का लगायतको बिक्री वितरण गर्छ । एलसी बन्द भएको एक दिनपछि २२ चैतमा कम्पनीले तीन वटा एलसीमार्फत विभिन्न प्रकारको मदिरा आयातमा ती एलसी दिएको देखिन्छ । एलसी नम्बर ‘२२ डिसी ०१ यूएसडी ०२५३७०’ मार्फत २ लाख ८४ हजार ४१२.९३ अमेरिकी डलर, एलसी नम्बर २२ डिसी ०१ युएसडी ०२५३७२ मार्फत एक लाख एक हजार १८६.२२ अमेरिकी डलर र एलसी नम्बर ‘२२ डिसी ०१ युएसडी ०२५३८०’मार्फत ९५ हजार ९६७.४० डलरको मदिराको आयात गर्न अनुमति दिइएको भेटिएको छ ।

यसैगरी ललितपुरको कुपण्डोलमा रहेको वाइन कम्पनी इभो बेभरेज नामको नाममा १ करोड ८३ लाख ३२ हजार ५१७.८४ रुपैयाँको वाइन आयातका एलसी जारी भएको छ । २२ र २३ चैत यो कम्पनीका लागि एलसी खोलिएको भेटिएको छ । यो एलसी माछापुच्छ्र्रे बैंकबाट जारी भएको देखिन्छ । बैंकको एलसी नम्बर ‘१४८ आइएल सीएस ७९ यूरो ००८’ मार्फत वाइनका लागि ६७ हजार ५७.६४ यूरो र एलसी नम्बर ‘१४८ आइएल सीयू ७९ यूरो ९८५’मार्फत ७० हजार ७८०.८४ यूरोको वाइनको एलसी जारी एलसी दिएको छ । पहुँच नभएका सोझा व्यापारीलाई प्रतिवन्ध लगाएको देखाएर सीमित व्यापारिक घरानाले बैंकसँगको मिलेमतोमा अवैध रुपमा एलसी खोलेको छन् भन्दा अब फरक पर्दैन ।

राष्ट्र बैंकले सुरुमै लिखित निर्देशन नदिएर ठूला घरानाहरुलाई आयातको लागि बाटो खुला राखिदिएका कारण यस्तो अवस्था आएको अर्थमन्त्रालय उच्च स्रोतको दाबी छ । ठूलालाई पोस्ने र आफ्नो स्वार्थ सिद्ध गर्नेहरु माथी किन छानवीन हुँदैन । गर्भनर साब ? सचेत भया ।

19755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका