जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निफ्राको साधारणसभा सम्पन्न

निफ्राको साधारणसभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए ।

साधारणसभाले आर्थिक बर्ष २०७८÷७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको चुक्ता पूँजी रु.२१ अर्ब ६० करोड को ४.२१०५५ ले हुने रकम रु.९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव र बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ । आ.व. २०७८÷७९ सम्म आईपुग्दा बैंकले रु. ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै रु.१५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र  सोही अवधिमा बैंकले रु १ अर्व २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको जनाएको छ ।

1675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका