
डिम्याट खाता खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले असार १ गतेदेखि लागू हुनेगरी यो व्यवस्था लागू गरेको हो ।
योसँगै अब सेयर कारोबार गर्न नयाँ डिम्याट खाता खोल्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र समावेश गर्नुपर्ने भएको छ । त्यस्तै, नयाँ खाता खोल्नसँगै पुराना खाता अद्यावधिक गर्न पनि राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । सिडिएससीले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्डलाई समेत बोधार्थ दिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































