जोडिनुहोस
आइतवार, साउन ३, २०८३
आइतवार, साउन ३, २०८३
  • होमपेज
  • सेबोन अध्यक्ष भट्टद्वारा पदभार ग्रहण

सेबोन अध्यक्ष भट्टद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को बैठकबाट अध्यक्षमा नियुक्त भएका भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष डा. भट्टले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम गर्ने पहिलो निर्णय गरेका छन्। सो अवसरमा उनले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रुपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी उपयोग गर्ने उनको भनाइ थियो।

शपथ ग्रहणकै क्रममा अर्थमन्त्री डा. वाग्लेले नयाँ अध्यक्ष भट्टलाई बजारको स्थायित्व र लगानीकर्ताको लगानीको सुरक्षा तथा हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका