जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेशनल लाइफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु-याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानियलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।

जस अन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखीत आधारभुत विषयहरुको वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको रु.१ लाखको म्यादि जीवन बीमा गरि प्रमुख कार्यकारी अधिकृतले बीमालेख हस्तान्तरण गरेका थिए । यसैगरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई सिआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप रु.२५,००० पनि प्रदान गरिएको थियो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गरेको दुबै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा दुबै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने सहभागि विद्यार्थीहरुलाई कम्पनीको टिशर्ट पनि वितरण गरिएको थियो ।

1820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका