जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गासँग पूर्णिमा र भार्गव विकास बैंक गाभिए

शाइन रेसुङ्गासँग पूर्णिमा र भार्गव विकास बैंक गाभिए

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसँग सिद्धार्थनगरस्थित पूर्णिमा विकास बैंक र नेपालगञ्जस्थित भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सञ्चालन भएको छ।

१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गासँग ३ जिल्ला कार्यक्षेत्रको पूर्णिमा र ५ जिल्ला कार्यक्षेत्रको भार्गव विकास बैंक गाभिएका हुन्।

गाभिएपछि बैंकको शाखा सञ्जाल ७१ पुगेको छ। नयाँ, बैंकको चुक्ता पूँजी २ अर्व ६२ करोड, निक्षेप परिचालन २६ अर्व ८७ करोड, कर्जा लगानी २३ अर्व ८१ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ।

अब बैंकले राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

4245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका