जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ।

उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD” मा क्लिक गरी आवश्यक विवरणहरु भरेपश्चात मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन दिएको मुद्दति निक्षेप कर्जा, मुद्दति रकमको बढीमा ९५% वा अधिकतम रु. ५लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

हाल बैंकले रेमिट्यान्स मुद्दतिमा १३.५१५, मुद्दतिमा १२.१३३५, रेमिट्यान्स बचत खातामा १०.१३३५ र बचत खाताहरुमा ९.१३३५ सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालमा छन्।

2705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका