जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपालमा पहिलोपटक ५ अर्ब रुपैयाँको ग्रीन बन्ड जारी गरिंदै, सेबोनले दियो स्वीकृति

नेपालमा पहिलोपटक ५ अर्ब रुपैयाँको ग्रीन बन्ड जारी गरिंदै, सेबोनले दियो स्वीकृति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलोपटक ग्रीन बण्ड जारी गर्न अनुमति दिएको छ। सेबोनले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%-२०८८/८९’ ग्रीन बण्ड निष्कासन गर्न मंगलबार अनुमति दिएको हो।

७ वर्ष अवधि भएको ५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रबाट संकलित पुँजी पर्यावरणमैत्री परियोजना संचालनमा प्रयोग गर्ने भनिएको छ।

पुँजी जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने परियोजनामा परिचालन गर्ने गरी बण्ड जारी गर्न अनुमति प्रदान गरिएको हो।

1575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?