जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुर्खेतमा नेसनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

सुर्खेतमा नेसनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता थियो।

सीईओ खत्रीले अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुका बारेमा पनि संक्षिप्त रुपमा प्रकश पारेका थिए।

कम्पनीका बजार व्यस्थापन विभागका प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए। कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सीईओ खत्रीले सम्मान गरेका थिए।

सुर्खेत शाखा प्रमुख बलबहादुर सिजपतीको सभपतित्वमा सम्पन्न कार्यक्रममा एजेन्सी विभागका प्रमुख सुशीलप्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।

3965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका