समाचार
बैंकर्स संघको कार्यसमितिमा तीन सदस्य चयन हुँदै, दुई दोहोरिने सम्भावना, एक नयाँ अनुहार

नेपाल बैंकर्स संघको वार्षिक साधारणसभाले तीन जना कार्य समिति सदस्य चयन गर्ने भएको छ।
सोमबार हुन लागेको साधारणसभाले अहिले कायम रहेका दुई जनालाई निरन्तरता दिने संभावना छ भने अर्को एक नयाँ सदस्य थपिने छन्।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका दीपकुमार देले अर्को एक कार्यकाल निरन्तरता पाउने छन्।
मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि एक पद रिक्त छ। त्यसका लागि नयाँ अनुहार थपिने सम्भावना छ।
पहिले नै कार्यसमितिमा बसेकाहरुले दोहोर्याउने सम्भावना कम छ। साथै मर्जरमा रहेका बैंकबाट पनि आउने सम्भावना कम छ। त्यसो हुँदा सीमित अनुहारबाटै कार्य समितिमा आउने संघका एक सदस्यले जानकारी दिए।
संघमा अध्यक्षदेखि सदस्यसम्मको कार्यकाल दुई वर्षको हुन्छ। अध्यक्षको निर्वाचन हुँदा बाँकीको अर्को वर्ष हुन्छ। यसपाली तीन जना सदस्यको निर्वाचन हुन लागेको हो। बाँकीको भने कार्यकाल सकिएको छैन।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































