जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने

नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने

नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने भएको छ। बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ। कम्पनीका अनुसार उक्त सम्झौतामा बिवाइडी कुनैपनि इभी खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।

बिवाइडीको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख छ।

यसैगरी नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ। नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका