जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका सञ्चालकलाई २ करोड भत्ता, गभर्नर अधिकारीले बुझे ५० लाख

राष्ट्र बैंकका सञ्चालकलाई २ करोड भत्ता, गभर्नर अधिकारीले बुझे ५० लाख

नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बराबरको भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समिति सदस्यहरुलाई ३९ लाख ५७ हजार ६ सय रुपैयाँ तलव, १८ लाख ९५ हजार रुपैयाँ बैठक भत्ता र १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ अन्य सेवा सुविधा गरी कूल १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।

राष्ट्र बैंकका गभर्नरले गत वर्ष अवधिमा झण्डै ५० लाख रुपैयाँ पारिश्रमिक तथा तलव भत्ता बुझेका छन् । राष्ट्र बैंकको महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा तलवभत्ता वापत ४९ लाख ५ हजार २५५ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।

गभर्नर अधिकारीले गत वर्ष तलव वापत १४ लाख १८ हजार ४ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ३ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ गरी कूल ४९ लाख ५ हजार रुपैयाँ बुझेका हुन् ।

गत वर्ष डेपुटी गभर्नरको तलव १२ लाद ६९ हजार ६ सय रुपैयाँ रहेको छ । डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)ले ४२ लाख ६० हजार ११३ रुपैयाँ र डेपुटी गभर्नर बम बहादुर मिश्रले ४२ लाख २ हजार १७ रुपैयाँ राष्ट्र बैंकबाट बुझेका छन् ।

राष्ट्र बैंकले डेपुटी गभर्नर ढुंगानाले तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ७३ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २७ लाख १७ हजार ५१३ रुपैयाँ भुक्तान गरेको छ । यसैगरी डेपुटी गभर्नर मिश्रलाई तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ भुक्तानी गरेको हो ।

यस्तै, चिन्तामणी शिवाकोटीलाई बैठक भत्ता ९० हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३५ हजार ५६४ रुपैयाँ, डा. शंकर प्रसाद आचार्यलाई ९० हजार रुपैयाँ बैठक भत्ता र २३ हजार ४१२ रुपैयाँ र डा. सवोध कुमार कर्णलाई बैठक भत्ता वापत १ लाख ५२ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ६ लाख ९५ हजार ५१६ रुपैयाँ भुक्तानी गरेको अन्य सेवा सुविधा वापत भुक्तानी राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पूर्व सञ्चालक समिति सदस्य मधु कुमार मरासिनीलाई बैठक भत्ता भत्ता वापत २ लाख ५८ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ गरी कूल ७ लाख ४३ हजार ४२५ रुपैयाँ, शिशिर कुमार ढुंगानालाई बैठक भत्ता वापत १० हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३१ हजार २३८ रुपैयाँ, श्री राम पौडेललाई बैठक भत्ता वापत २ लाख ६ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ११ लाख ३२ हजार ३५४ रुपैयाँ र रामजी रेग्मीलाई बैठक भत्ता वापत २ लाख १५ हजार रुपैयाँ र सेवा सुविधा वापत ३ लाख ६२ हजार १९ रुपैयाँ भुक्तानी गरेको छ ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका