
वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने ४३ वर्षीय प्रवीण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
फिफा विश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टे बाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रुपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो।
श्रेष्ठले ई सेवा वालेट तथा बैंकिङ खाता प्रयोग गरेर १ करोड ४ लाख १० हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। केही दिनअघि मात्र प्रहरीले थप चार जनालाई वन एक्स बेट’ मार्फत बेटिङ गर्नेलाई पक्राउ गरेर अनुसन्धान गरिहरेको छ।
उनीहरूले विभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडी’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरू प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































