जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट

प्रभु बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ। अस्पतालका अध्यक्ष दीपकप्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका कर्मचारी र तिनका पारिवारका सदस्य तथा ग्राहकले अस्पतालमा उपचार गराउँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सा लगायत सेवामा विशेष छुट पाउनेछन्।

बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा छुट प्रतिशत भने खुलाइएको छैन।

3430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?