समाचार
समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स ब्यवस्थापनको जिम्मा श्रेष्ठ र शर्मालाई

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका जनशक्ति चयन गरेको छ । राष्ट्र बैंकले खुला प्रतिस्पर्धा बाट उक्त फाइनान्सको ब्यबस्थापन तथाको संचालनको लागि १ जना संयोजक र १ जना सदस्य चयन गरेको हो ।
राष्ट्र बैंकले प्रकाशन कुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेको छ भने गोबिन्द प्रसाद शर्मालाई सदस्य नियुक्त गरेको छ । कार्ययोजना तथा प्रस्तुतीकरणपछि उनीहरुलाई चयन गरिएको राष्ट्र बैंकले जनाएको छ। उनीहरुलाई पुस २४ गतेसम्म नियुक्त लिन आउँन राष्ट्र बैंकले आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले भदौ २० गते समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका दरखास्त आह्वान गरेको थियो ।उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि राष्ट्र बैंकले इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो ।
जसमा संयोजक पदको लागि ५ जना र सदस्य पदको लागि ५ जनाको आवेदन दिएका थिए । संयोजकको पदको लागि प्रकाश कुमार श्रेष्ठ, विनय रिजाल, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागर कुमार घिमिरेको आवेदन दिएका थिए । त्यस्तै सदस्य पदको लागि इश्वर कुमार कार्की, काजीराम कार्की, गोबिन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौलाले आवेदन दिएका थिए।
राष्ट्र बैंकले संयोजकको लागि रु.१,२६,३००।- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) तथा सदस्यको लागि रु.१,०३,६००।- (अक्षरेपि एक लाख तीन हजार छ सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गर्ने छ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गर्ने छ। सो बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान हुँदैन।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































