जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको नाफा ५१% बढ्यो

आर्थिक विशेष

प्रभु बैंकको नाफा ५१% बढ्यो

प्रभु बैंकको नाफा ५१% बढ्यो

कर्जा जोखिम व्यस्थापन बापत छुट्याएको रकम रिभर्स भएपछि प्रभु बैंकको नाफा ५१ प्रतिशत  बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर असार मसान्तमा मात्र एक अर्ब ७२ करोड रुपैयाँ थियो।

 

कर्जा जोखिम व्यवस्थापन बापत छुट्याएको ३८ करोड ७९ लाख रुपैयाँ रकम रिभर्स भएपछि नाफामा उल्लेख्य सुधार देखिएको हो। बैंकको आम्दानी पनि बढेको छ। खुद ब्याज आम्दानी २३ प्रतिशत बढ्दा खुद फी तथा कमिसन आम्दानी करिब २७ प्रतिशत बढेको छ। बैंकको संचालन मुनाफा पनि ४७.७५ प्रतिशत बढेको छ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा दिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ८.३७ प्रतिशत बढेको हो भने कर्जा बिस्तारमा ८ प्रतिशतको बढोत्तरी देखिन्छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको सीडी रेसियो पनि ७८.३५ प्रतिशत मात्र छ। खुद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको देखियो। करिब ४.६६ प्रतिशतले मुनाफा घट्दा बैंकसँग हाल एक अर्ब ४१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छ। जसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि ११ प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने देखिन्छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५.३० रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ छ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका