प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपाली जनताले सस्तोमा पेट्रोलियम पदार्थ नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डले इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पुष्ठी गरेका छन् ।
शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूती हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गर्न सचिवलाई निर्देशन दिएका हुन् ।