जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकले वार्षिकोत्सवमा दियो बिभिन्न अफर

माछापुच्छ्रे बैंकले वार्षिकोत्सवमा दियो बिभिन्न अफर

माछापुच्छ्रे बैंकले २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । 

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफर आइतबारसम्मका लागि थियो। अफरअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक दुई सय १० सम्म र अफर अवधि भर अधिकतम  २१ सयसम्मको  क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको छ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि बैंकले प्रदान गरिरहेको जनाएको छ । 

डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बताइएको छ।   

5900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका