जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • अर्थसचिव रायद्वारा राष्ट्र बैंक सञ्चालक सदस्यको शपथ

अर्थसचिव रायद्वारा राष्ट्र बैंक सञ्चालक सदस्यको शपथ

अर्थसचिव तोयम रायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको शपथ लिएका छन्। उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष शपथ लिएका हुन्।

उनी भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका थिए। अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था रहेको छ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

3195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?