जोडिनुहोस
शुक्रबार, चैत्र १७, २०७९
शुक्रबार, चैत्र १७, २०७९
  • होमपेज
  • ३५ लाख ठगीको आरोप यातायात व्यवसायी महासंघका अध्यक्ष पक्राउ

३५ लाख ठगीको आरोप यातायात व्यवसायी महासंघका अध्यक्ष पक्राउ

नेपाल यातायात व्यवसायी महासंघ (संयुक्त)का अध्यक्ष ६० वर्षिय विष्णुप्रसाद शिवाकोटीलाई ठगीको आरोपमा नेपाल प्रहरीको दरबारमार्ग वृत्तले पक्राउ गरेको छ । झापा स्थायी ठेगाना भएका शिवकोटी काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

बानेश्वर बस्ने नेत्र भेटुवालसँग पारिवारिक नाता लगाई र पारिवारिक नातालाई बडो रोचक ढंगले प्रमाणित समेत गराई उनले विभिन्न मितिमा करिब ३५ लाख रुपैयाँ ठगी गरेका थिए । गत २०७५ बैशाखदेखि साउनसम्म विभिन्न बहाना देखाई पटक पटक ३५ लाख रुपैयाँ लिएका शिवाकोटीले मामा–भान्जाको साइनो प्रमाणित गराएर उक्त रकम लिएको पीडित नेत्र भेटुवालले जानकारी दिएका छन् ।

‘विष्णु पहिला मामाको साइनो लगाएर मसँग सम्बन्धमा जोडिन आयो । नातालाई केलाउँदै जाँदा ऊ भान्जेज्वाई पर्ने देखियो । आफ्नी सासु अत्यन्तै बिरामी भएको र एअर एम्बुलेन्सबाट विदेशमा उपचार गर्न लैजानु पर्ने भन्दै उसले पहिला मसँग १५ लाख रुपैयाँ माग्यो । उसलाई सिधै विश्वास गर्न नसकी मैले (उसकी श्रीमती) भान्जीले भनेमा दिन्छु भनी उसलाई भन्दा भान्जीले समेत हो भन्ने आशयको कुरा गर्दा उसलाई पैसा दिएको भेटुवालले बताए ।

पटक पटक गरी शिवाकोटीले लिएको पैसा ३५ लाख पुग्यो । तर, आज भोली भन्दा भन्दै पैसा फिर्ता गर्ने कुनै संकेत देखाएनन् विष्णुले । बेलाबेलामा एक महिनाको भाका राखी चेक हस्तान्तरण गर्दै गए र अन्त्यमा आफ्नो घर बेच्न पाए सबै पैसा तिर्ने शर्तमा भेटवालकै सक्रियतामा उनले आफ्नो घर समेत बिक्री गरि ४ करोड रुपैयाँ लिएर उनी फरार भए । ‘मानवीयताको नाताले सहयोग गरेको हुँ । औंलो दिँदा डुँडुल्कै निल्ने भनेजस्तो भयो । घर बेचेपछि ४ करोड लिएर त मेरो ३५ लाख फिर्ता गर्ला भन्ने सोचेको थिएँ । तर उसले पैसा फिर्ता गर्ने कुनै संकेत नदेखाएकोले उसले दिएको चेक बाउन्स गराई प्रहरीको सहयोगमा पुगेको भेटवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका