जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


अब काँग्रेस गान्धी वादी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे ।१५० औं गान्धी जयन्तिको अवसर पारेर गत बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए ।

गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाइ थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए । साथै उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आशिर्वाद रहेको स्पष्ट पारे ।
कांग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिइरहेको पनि उल्लेख गरे ।

13295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका