जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • मेगा क्यापिटलले ल्यायो ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’ सेवा

मेगा क्यापिटलले ल्यायो ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’ सेवा

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आबद्घ गरी नयाँ ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’सेवा सञ्चालनमा ल्याएको छ।

यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहनेछ।
सबल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यस्ता प्रकारको आइपर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्घि गरी अझै उज्ज्वल तथा समृद्घ भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

लगानीको आकरबमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ। उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफूसँग भएको उक्त रकमबराबारको सेयर दिएरसमेत प्रारम्भ गर्न सकिनेछ।

3910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?