जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मंसिर चारमा निर्वाचन गर्ने सरकारको निर्णय

मंसिर चारमा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयसँगै अघिल्लो पटक दुई चरणमा गरी सम्पन्न निर्वाचन यसपटक भने एकैचरणमा सम्पन्न गरिने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंसिर ४ गते आईतबार एकैदिन आम निर्वान गर्ने निर्णय गरिएको हो । यसअघि बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा भएको थियो । यता निर्वाचन आयोगले असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्यमा ४ लाख बढीले नाम दर्ता गराएको जनाएको छ । स्थानीय तहको निर्वाचनको भन्दा संघिय निर्वाचनमा ५ लाख नयाँ मतदाताको सहभागीता रहने आयोगले जनाएको छ ।

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका