जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी र एनसिसी गाभिदा पुस १६ गतेसम्मको मुनाफा २ अर्ब १२ करोड

कुमारी र एनसिसी गाभिदा पुस १६ गतेसम्मको मुनाफा २ अर्ब १२ करोड

कुमारी बैंक र एनसिसी बैंक गाभिए लगत्तै पुस १६ गतेसम्ममा संयुक्त मुनाफा २ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । यस अवधिमा कुमारीको मुनाफा एक अर्ब ६० करोड र एनसिसीको मुनाफा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै खुद व्याज आम्दानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जसमा कुमारीको तीन अर्ब ५१ करोड र एनसिसीको २ अर्ब २८ करोड छ । तुलनात्मक रुपमा व्याज खर्च एनसिसीको बढि छ । नगद तथा नगद जस्तै सम्पत्ती कुमारी भन्दा एनसिसीको बढि छ । मर्जर पछि यस्तो सम्पत्ती १३ अर्ब ६७ करोड रहेको छ । जसमा कुमारीको तीन अर्ब ६७ करोड र एनसिसीको १० अर्ब रहेको छ ।

मर्जर पछि कर्जा प्रवाह २ खर्ब ८७ अर्ब नाघेको छ । जसमा कुमारीको एक खर्ब ७१ अर्ब र एनसिसीको एक खर्ब १५ अर्ब रुपैया रहेको छ । त्यस्तै निक्षेप तीन खर्ब २ अर्ब नाघेको छ । जसमा कुमारीको एक खर्ब ८० अर्ब र एनसिसीको एक खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोषमा १० अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ । यसरी बैंकको कुल पूँजीकोष ३६ अर्ब ७५ करोड पुगेको छ । दुई बैंकले पुस १७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका