जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मर्जरबिनै ठूला बैंकलाई टक्कर दिँदै एभरेष्ट

मर्जरबिनै ठूला बैंकलाई टक्कर दिँदै एभरेष्ट

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११ प्रतिशत मात्रै वृद्धि भएको हो ।

बैंकहरुको खराब कर्जा दर बढेपछि नाफामा असर गरेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा दर बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खासै प्रगति गर्न नसकेका बैंकहरु दोस्रो त्रैमासदेखि भने बढ्ने अपेक्षा गरेका थिए । तर, दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा वृद्धिदर सुस्ताएको देखिन्छ ।

पछिल्लो समय बैंकहरुले रिकभरीमा जोड दिएपनि कर्जा उठ्न नसक्दा नाफामा प्रभाव पारेको बैंकरहरु बताउँछन् । निक्षेप संकलनका लागि ब्याजदर बढाएपनि कर्जा प्रवाह शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदरमा ठेस लागेको हो ।

पुस मसान्तसम्मको वित्तीय विवरण २१ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अन्य सबै बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ३ करोड ३१ लख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा ११.१० प्रतिशत बढी नाफा आर्जन गरेका हुन् ।

यस अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने आधा दर्जन बैंकको नाफा घटेको छ । कृषि विकास बैंक नोक्सानीमा रहेको छ । बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, सिटिजन्स बैंकको ३२.११ प्रतिशत, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत, सनराइज बैंकको १२.२८ प्रतिशत, प्रभु बैंकको ४.९१ प्रतिशत र प्राइम बैंकको १.८५ प्रतिशत नाफा घटेको हो ।

समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक आक्रामक बनेको छ । बैंकले सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको हो । तर, सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंक बनेको छ । नम्बर वानको दौडमा रहेको नबिल बैंकले ५६.६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको ३६.२७ प्रतिशत बढेर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ, तेस्रोमा ग्लोबल आइएमई बैंकको ४.४६ प्रतिशत बढेर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ, चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१.२७ प्रतिशत बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सिभिल बैंकले गत वर्ष भन्दा नाफा उल्लेख्य बढाए पनि समिक्षा अवधिमा पुच्छारमा रहेको छ । बैंकको २६.३९ प्रतिशत बढाएर ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, ६ महिनाको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड रुपैयाँ, सानिमा बैंकको १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशत बढेर १ अर्ब १७ करोड रुपैयाँ, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत बढेर १ अर्ब ७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.४२ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ, कुमारी बैंकको ६.१२ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ र हिमालयन बैंकको २८.४२ प्रतिशत बढेर ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यस्तै, सनराइज बैंकको १२.२८ प्रतिशत घटेर ६५ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३२.११ प्रतिशत घटेर ८४ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकको १.८५ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ, प्रभु बैंकको ४.९१ प्रतिशत घटेर १ अर्ब १९ करोड रुपैयाँ, नेपाल बैंकको १७.३९ प्रतिशत घटेर १ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका