जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच मोको वालेटमार्फत भुक्तानी सेवा सम्बन्धी सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच मोको वालेटमार्फत भुक्तानी सेवा सम्बन्धी सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच भिजा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवालाई अझ सहज बनाउने सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र फोकस वान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल मार्फत बैंकको कार्ड लिंक गरि सजिलै भुक्तानी सेवा लिन सकिने सक्झौता भएको हो ।

यो सेवा लागु भए पश्चात कृषि विकास बैंकका भिजा डेबिट र क्रेडिट कार्ड बाहक ग्राहकले आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५,००० भन्दा बढी मर्चेन्टको भुक्तानी समेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ ।

ग्राहकले आफनो खातामा भएको मौज्दात रकमबाट मोको डिजिटल वालेट को एप मार्फतमा सम्वन्धित पक्षको खातामा भुक्तानी/जम्मा हुने भएकोले यो सेवा ग्राहक मैत्री रहेको बैकले जनाएको छ । यो सेवा संचालन पश्चात बैकको भुक्तानी सेवाको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको सेवा विस्तार भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन्  ।

815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?