![लक्ष्मी बैंकको नाफा ३१.७७%ले बढ्यो](https://aarthikbazarnews.com/wp-content/uploads/2022/12/laxmi-bank.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
लक्ष्मी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।
यही अवधिसम्म बैंकले ८१ करोड ७३ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३१.७७ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ३१.९१ प्रतिशतले बढेको छ।