जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रिलायबल लाइफको ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालन

रिलायबल लाइफको ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ई—सेवा सँगको सहकार्यमा ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ संचालनमा ल्याएको हो ।

यो सेवा सुचारुका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ । अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’को माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ ।  हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको छ  ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका