जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल लाइफका अभिकर्ताले तिहार तथा छठको उपलक्ष्यमा चाँदीको सिक्का सहित नगद इन्सेन्टिभ पाउने

नेपाल लाइफका अभिकर्ताले तिहार तथा छठको उपलक्ष्यमा चाँदीको सिक्का सहित नगद इन्सेन्टिभ पाउने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले तिहार तथा छठको उपलक्ष्यमा एक थान १० ग्रामको चाँदीको सिक्का सहित नगद सुविधा पाउने भएका छन् । नेपाल लाइफले आर्थिक वर्ष २०७८/२०७९ तिहार तथा छठ अभिकर्ता, बिसी, एम प्रोत्साहन योजना अन्तर्गत कार्तिक एक गतेदेखि ३० गतेसम्ममा उनिहरुले संकलन गरेको प्रथम बीमा शुल्कका आधारमा इन्सेन्टिभ रकम पाउने भएका हुन् ।

यस अवधिमा ४० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एक थान १० ग्रामको चाँदीको सिक्का पाउने छन् । त्यस्तै ६० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित ६०० रुपैयाँ नगद प्राप्त गर्न सक्ने छन् । ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित १३५० रुपैयाँ नगद प्राप्त गर्नेछन् । एक लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित २१०० रुपैयाँ इन्सेन्टिभ पाउने छन् ।

एक लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित २७०० रुपैयाँ नगद पाउने छन् । एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित ३३०० रुपैयाँ नगद पाउने छन् । एक लाख ५० हजार रुपैयाँ भन्दा माथि प्रत्येक थप एक लाख प्रथम बीमा शुल्कमा थप ३००० इन्सन्टि पाउने कम्पनीले जनाएको छ ।

यो योजना संस्थागत अभिकर्ताहरुको लागि लागु हुने छैन । उक्त नगद इन्सेन्टिभ रकममा नियम अनुसार १५ प्रतिशत कर कट्टा गरिनेछ । यसै अवधिमा विजनेस कोर्डिनेटरले कम्तिमा ५ जना नयाँ अभिकर्तालाई तालिममा सहभागी गराई उनिहरु मध्ये कम्तिमा पनि ३ जनाले ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको खण्डमा एक थान १० ग्रामको चाँदीको सिक्का पाउने छन् ।

यदि यस अवधिमा एजेन्सी म्यानेजरहरु नियुक्त वा नविकरण भएका खण्डमा उनिहरुले पनि चाँदीको सिक्का प्राप्त गर्न सक्ने छन् । यो योजनामा एकल बीमा शुल्क बापतको प्रिमियम गणना हुने छैन ।

4675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?