जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रिलायबल लाइफ इन्स्योरेन्सको ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ सेवा सुरु

रिलायबल लाइफ इन्स्योरेन्सको ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ सेवा सुरु

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ई–सेवा सँगको सहकार्यमा ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ संचालनमा ल्याएको छ । यो सेवा सुचारुका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ ।

कम्पनीका अनुसार अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका शाखा तथा उपशाखाहरू बाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?