जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय भिम प्रसाद पौडलका बुबालाई मृत्यु दावी भूक्तानी रकम प्रदान गरेको छ । बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले भिम प्रसाद पौडेलका बुबा कृष्ण प्रसाद पौडेललाई रकम हस्तानतरण गरेका हुन् ।

२०७७ असोजमा स्व भिम प्रसाद पौडेलले भद्रपुर उपशाखामा २० लाख रुपैयाँको एशियन बार्षिक धनलाभ पोलिसि लिएका थिए । उनले प्रचम बीमा शुल्क र नविकरण शुल्क बापत १ लाख ८४ हजार ६ सय रुपैयाँ बुझाएका थिए ।

२०७८ मंसिर २० गते मेचि राजमार्गको चारआलि बुधवारे सडकखण्डमा पौडेलले चलाएको मोटरसाईकल दुर्घटनामा परी उनको मृत्यु भएको थियो । उनका बुबा कृष्ण प्रसाद पौडेललाई ४१ लाख १३ हजार ६९९ रुपैयाँको चेक हस्तानतरण गरिएको एशियन लाइफ इन्स्योरेन्स भद्रपुर उपशाखाले जनाएको छ ।

6085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका