जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • आयात प्रतिबन्धले केही समय रोकिएका सामसङका महँगा सेटहरु नेपाली बजारमा फेरि आउँदै

आयात प्रतिबन्धले केही समय रोकिएका सामसङका महँगा सेटहरु नेपाली बजारमा फेरि आउँदै

सरकारले महंगा स्मार्टफोनहरुको आयातमा प्रतिबन्ध लगाएको कारण महंगा सेटहरु ल्याउन नसकेकको सामसङले फेरि नेपाली बजारमा आफ्ना फ्ल्यागशिप सेटहरु ल्याउने भएको छ। ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए। तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरी नेपाली बजारमा फर्किएका छन्। सामसङको ब्राण्ड नेम बोकेका त्यस्ता सेटहरुको फेरि नेपाली बजारमा पुनरागमन हुन लागेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए।

सामसङ नेपालका निर्देशक स्थापितले भने–’सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा साँच्चिकै ठूलो सन्तुष्टि मिलेको छ। एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुतिहरू हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका यी अमेजिङ फोनहरु ल्याउन पाउँदा हामी खुसी छौं।’

सुन्दर डिजाइन, अद्भुत सुविधाहरू र अवधारणाहरूका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने सामसङको सम्पूर्ण सेगमेन्टहरुको फोन ल्याउने योजना रहेको उनले जानकारी दिए।

प्रत्येक फ्ल्यागशिप मोडलहरुको आफ्नै अद्वितीय विशेषताहरू रहेको उनले बताए। यी सेटहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनहरुभन्दा फराकिलो रहेको तथा फोल्डिङ र फ्लिपिङ विकल्प तथा अविश्वसनीय नक्स सेक्युरिटी र प्रदर्शनले गर्दा सामसङको फ्ल्यागशिप लाइन–अप स्मार्टफोनहरु नयाँ प्रविधिसहित अग्रस्थानमा पर्ने उनको भनाई छ।

ग्यालेक्सी एस२२ सिरिजमा ग्यालेक्सी एस२२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्राले आफ्ना प्रयोगकर्ताहरूलाई ६.८ इन्चको डिस्प्ले प्रदान गरेको छ।

ग्यालेक्सी एस२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामेराहरू छ। साथै मुख्य रियर क्यामेराको रूपमा वाइड ५० एमपी क्यामेरा रहेका छन्।

ग्यालेक्सी एस २२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामेरा रहेको छ। रियरमा उस्तै सपोर्टिङ क्यामेराको साथमा क्वाड क्यामेरा रियर सेटअपको लागि थप १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ।

दुवै फोनहरूमा क्यामेराको लागि नाइटोग्राफी मोड पनि उपलब्ध छ जसले तिनीहरूको पहिले नै अद्भुत क्यामेरा गुणस्तरको साथ अद्भुत क्याप्चर प्रदान गरेको छ।

यस्तै क्यामेराको सुपर–जुम सुविधाले प्रयोगकर्ताहरूलाई ग्यालेक्सी एस२२ अल्ट्राको साथमा रहेको अहिलेको चर्चित मुन–जुम सहित राम्रो दूरीबाट पनि केही अमेजिङ शटहरू लिने मौका प्रदान गर्छ जसले तपाईंलाई फोनको १००ह स्पेस जुमको साथ चन्द्रमाको सतहलाई हेर्न सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २२ अल्ट्रामा रहेको बिल्ट–इन एस–पेन यस फोनको अर्को हाइलाइट हो। नोट लिने होस् या केही कुरा सम्पादन गर्नेदेखि भिडियोहरू सिर्जना गर्ने लगायत कामहरु यसबाट सजिलै गर्न सकिने बताइएको छ।

ग्यालेक्सी ए ७३ ५ जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा रहेको छ। यो फोन पनि केही अद्भुत सुविधाहरूले भरिपूर्ण रहेको छ । यसको ६.७ इन्चको डिस्प्लेको साथ यसको ५००० एमएएच ब्याट्रीसँग लामो समयसम्म काम गर्न सकिने कम्पनीले जनाएको छ।

यससँगै ग्यालेक्सी ए ७३ ५ जीले आईपि ६७ रेटिङ पाएको छ। यसको कार्यसम्पादन, डिस्प्ले र ब्याट्रीले यसमा केही एक्स्ट्रा पोइन्टहरू थपेको छ जसले यसलाई यसको मूल्य दायरामा अधिकांश फोनहरूभन्दा माथि राख्ने बताइएको छ।

यसमा १०८ एमपी मुख्य रियर क्यामेरा फिचरसहित ३२ एमपी फ्रन्ट क्यामेरा समावेश छ। अध्यारो रातमा पनि सुन्दर तस्वीरहरु लिनका लागि क्यामेराहरूको यो लाइन–अपसँग म्याजिकल रुपमा काम गर्न सक्ने खुबी भएको कम्पनीले जनाएको छ।

यसैगरी सामसङको शीर्ष फोल्डेबल ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ फाइन ट्युनिङको पुनरावृत्ति हो। यो फोल्ड गर्न मिल्ने स्मार्टफोन प्रविधिको नयाँ इनोभेसन हो। जेड– सेगमेन्टका यी नयाँ प्रविधिहरुको साथ पूर्ण रुपमा डिजाइन गरिएका छन्।

ग्यालेक्सी जेड फ्लिप ४ को पकेटेबिलिटीलाई पैसा हाल्न डराउनु नपर्ने कम्पनीको दावी छ। विशेष गरी आफ्नो फोनलाई आफ्नो दैनिक गतिविधिहरूमा केन्द्रविन्दु बनाउने ती प्रयोगकर्ताहरूका लागि ग्यालेक्सी जेड फोल्ड४ को अमेजिङ मल्टिटास्किङ क्षमता लगानी गर्न लायक मूख्य विशेषता भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ अविश्वसनीय फ्लेक्स हो। सामसङले गत वर्ष नै अविश्वसनीय रेञ्जका यी स्मार्टफोनहरूको केही सेटहरु उपलब्ध गराएको थियो।

2885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।