जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीले गरे २० अर्बको व्यवसाय

निर्जीवन बीमा कम्पनीले गरे २० अर्बको व्यवसाय

चालु आर्थिक वर्षको पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आवको पुस महिनासम्ममा सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८ करोड २५ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले यस अवधिमा १३ लाख ९५ हजार ३२ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेका हुन् ।
कम्पनीहरुले पुस महिनामा मात्रै दुई लाख ४७ हजार ७६८ वटा बीमालेख जारी गरी ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

९ कम्पनी अर्ब क्लबमा

तथ्यांकअनुसार १८ निर्जीवन बीमा कम्पनीमध्ये ९ वटाले अर्बभन्दा धेरैको व्यसाय गरेका छन् । भने बाँकी रहेका ९ कम्पनीको व्यवसाय भने करोड मै सीमित छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स परेको छ ।

शिखरले मंसिरसम्ममा कुल २ अर्ब ६५ करोड २३ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीले एक लाख २४ हजार ८७५ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेको हो।

शिखर पछि धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा नेको, हिमालयन एभरेष्ट, सगरमाथा, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ, एनएलजी, प्रिमियर र सानिमा जिआइसी रहेका छन् ।

हिमालयन एभरेष्टले यस अवधिसम्ममा १ अर्ब ५० करोड ८१ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले १ लाख २६ हजार ८८३ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेको हो ।

यस्तै, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड ० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड १ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड ३८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७ करोड र सानिमा जिआइसीले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सगरमाथा इन्स्योरेन्समा १ लाख १४ हजार ६४२ वटा, राष्ट्रिय बीमा कम्पनीमा २४ हजार ८५१ वटा, एनएलजी इन्स्योरेन्समा ९३ हजार ८४३ वटा, प्रिमियर इन्स्योरेन्समा ७५ हजार ६५ वटा र सानिमा जिआइसीमा ८५ हजार ९५१ वटा बीमालेख जारी भएका छन् ।

अन्य ९ कम्पनीको व्यवसाय कति ?

यस अवधिमा नेपाल इन्स्योरेन्सले ५ हजार ४७ वटा बीमालेख जारी गरी ७९ करोड ३६ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले २० हजार ५९ वटा बीमालेख जारी गरी ७० करोड १४ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १५ हजार ८५१ वटा बीमालेख जारी गरी ४९ करोड ४० लाख रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सले ५५ हजार ६३० वटा बीमालेख जारी गरी ५९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा प्रभु इन्स्योरेन्सले २ करोड ४५ लाख रुपैयाँ, आइएमई जनरलले ९० करोड २६ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ६४ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी जनरलले ९७ लाख १९ हजार रुपैयाँ र अजोड इन्स्योरेन्सले ९० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरको छन् ।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?