जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अरुण काबेलीको साधारणसभा सम्पन्न

अरुण काबेलीको साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक विवरण अनुमोदन गरी जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६÷७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराइयो ।

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।
त्यसै गरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए ।

10320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका